Wednesday, September 2, 2026
spot_img

होटल तथा रेष्टुरेन्टले आफैँ ग्यास ल्याउनुपर्ने, उद्योगबाट ढुवानी भएर आएको ग्यास घरायसी ग्राहकलाई मात्रै

spot_img

काठमाडौँमा चलिरहेका ठूला होटल तथा रेष्टुरेन्टले अब तराईबाट आफैँले एलपी ग्यास ल्याउनुपर्ने भएको छ । नेपाल आयल निगमले ‘बल्क’मा ग्यास आवश्यक पर्ने होटल तथा रेष्टुरेन्टले तराईमा रहेका ग्यास उद्योगबाट आफैँले भरी सिलिण्डर ढुवानी गरेर ल्याउनुपर्ने प्रावधान लागू गरेको हो ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै ग्यासको आपूर्ति सहज बनाउन यो निर्णय गरिएको हो । ‘अहिले तराईका उद्योगबाट काठमाडौँका लागि ढुवानी भएर आउने ग्यासको पहिलो प्राथमिकतामा घरायसी उपभोक्तालाई राखिएको छ’ उनले भने, ‘बल्कमा ग्यास लिँदै आएका होटल तथा रेष्टुरेन्टहरु जो छन्, ति व्यवसायिक ग्राहक भए । तिनले आफूलाई चाहिने ग्यास आफैँले तराईका उद्योगमा पुगेर ल्याउनुपर्ने व्यवस्था गरेका हौँ ।’

उनका अनुसार सामान्य अवस्थामा २२ वटा ग्यास उद्योगले काठमाडौँमा ग्यास सप्लाई गर्थे । भोटेकोशी बाढी लगत्तै कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि अहिले काठमाडौँमा ग्यास सप्लाई गर्दै आएका २२ मध्ये १८ वटा उद्योगमा बुलेट आउन नसक्ने अवस्था छ । त्यसकारण उपत्यकाको आपुर्तिलाई सहज बनाउन निगमले तराईका उद्योगहरुमै रिफिलिङ गरेर काठमाडौँमा सानो गाडीमार्फत ढुवानी गरेर एलपी ग्यास ल्याउने प्रबन्ध मिलाएको ठाकुरको भनाइ छ ।

‘तराईका उद्योगहरुमा रिफिलिङ गरेर ग्यास ल्याउँदा १० चक्के ट्रकले जम्मा ४ सय सिलिण्डर बोक्छ, त्यो पनि सहजै आउन सक्यो भने मात्रै । नत्र सानो गाडीबाट ६०/७० वटा सिलिण्डरका दरले ल्याउनुपर्ने अवस्था छ’ ठाकुरले थपे, ‘यसकारण एउटा मात्रै सिलिण्डर भएका घरायसी ग्राहकहरु, विद्यार्थीहरु, मजदूरहरुलाई प्राथमिकतामा राख्नुपर्‍यो । यसो हुँदा जसलाई बल्कमा ग्यास चाहिन्छ उहाँहरुले अब आफैँ तराईका उद्योगसम्म गाडी पठाएर ल्याउनुपर्ने हुन्छ । तराईमा त ग्यास जति पनि आएकै छ, उहाँहरुसँग ढुवानीका साधन पनि हुन्छन् । तर, उद्योगले ढुवानी गरेर ल्याएका ग्यास घरायसी ग्राहकले मात्रै पाउँछन्, बल्कमा किन्ने व्यवसायिक ग्राहकले पाउँदैनन् ।’

उनका अनुसार अहिले तराईका उद्योगबाट ग्यास बोकेर आउने गाडीहरु त्रिभुवन राजपथ हुँदै काठमाडौँ भित्रिने र ग्यास लिन जाने खाली गाडीहरु कान्ति लोकपथ हुँदै जाने प्रबन्ध मिलाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर...

नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने...

अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी...

एभरेष्ट बैंक र कर्मचारीको तर्फबाट ३ करोड ११ लाख सहयोग

एभरेष्ट बैंक लिमिटेडले र बैंकका कर्मचारीहरुले बाढीबाट प्रभावित नागरिकहरूको...