Thursday, June 25, 2026
spot_img

शिव शिखर सहकारीका अध्यक्षलाई जेलबाट ल्याएर संसदीय समितिले गर्यो सोधपुछ

spot_img
spot_img
सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अभ्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ। विशेष समितिले शर्मालाई नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरेको हो।
समितिको कार्यविधिअनुसार शर्मासँग सोधपुछ गरिएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए। शर्मा २०८० भदौमा जेल चलान भएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो ।  १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोपमा प्रहरीले उनी माथि मुद्दा दायर गरेको थियो ।
समितिले हिजो निम्न व्यक्तिसँग सोधपुछ गरेको थियो
१) डम्बरबहादुर तामाङ (डिबी बम्जन) – पूर्व अध्यक्ष, गोरखा वचत तथा ऋण सहकारी संस्था, ललितपुर
२) इमानसिंह राई- अध्यक्ष, गोरखा वचत तथा ऋण सहकारी संस्था, ललितपुर
३) सुरेन्द्र भण्डारी – सचिव, कार्यकारी प्रमुख, श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, पुल्चोक, ललितपुर
४) रामबहादुर गौतम- गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था कुलेश्वर, काठमाडौं
spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...

अनुसन्धानको लागि मौखिक अनुरोध मै खाता रोक्का हुने, बैंकले २४/७ कर्मचारी राख्नु पर्ने

वित्तीय अपराध न्यूनीकरणको लागि नेपाल राष्ट्र बैंकले कडा कदम...

थोक र खुद्रा लघुवित्तको मर्जरमा नयाँ व्यवस्था

नेपाल राष्ट्र बैंकले लघुवित्तको मर्जरको नयाँ व्यवस्था गरेको छ...

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...
spot_img