नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितहरुका लागि १२ सय भन्दा बढी ग्यास भरिएका सिलिण्डर सहयोग गर्ने भएको छ । संघका अध्यक्ष दिवान चन्दले एक विज्ञप्ति जारी गरेर वर्तमान कठिन परिस्थितमा संघको तर्फबाट १ हजार २५० भरी सिलिण्डर सहयोग गर्ने उल्लेख गरेका हुन् ।
उनका अनुसार एलपी ग्यास भरी सिलिण्डर आयल निगममार्फत लक्षित वर्गमा उपलब्ध गराइनेछ ।












