Sunday, August 30, 2026
spot_img
spot_img

आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ प्रदान

spot_img

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बराबरको सहयोग प्रदान गर्ने भएको छ ।

आइएमई ग्रुप तथा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीहरु ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एवम् साझेदार कम्पनी अशोक लिलेण्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केवलकार, आइएमई फाउन्डेसन लगायतका अन्य कम्पनीमार्फत सहयोग उपलब्ध हुनेछ ।

त्यस्तै, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट समेत १ दिनको तलब बरावरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ ।यसैगरी आइएमइले संसारभरीबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ भने ग्लोबल आइएमई बैंकको मोबाइल एप ग्लोबल स्मार्ट प्लस र खल्ती वाइ आइएमई मोवाइल वालेटमार्फत समेत सरकारको कोषमा सिधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ । साथै, आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत गरेको छ ।

आइएमई ग्रुपले अकल्पनीय विपदमा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ ।

विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति ग्रुपले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति ग्रुपले कृतज्ञता समेत व्यक्त गरेको छ ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आइएमई ग्रुपले अग्रपंक्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने “ढुक्क हुनुहोस्, पैसाको अभाव हुन दिनेछैनौँ”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न...

तोलामै ९५ सयले घट्यो सुनको भाउ

आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला...

बाढी पीडितलाई १२ सय ५० सिलिण्डर ग्यास सहयोग

नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितहरुका लागि १२...

ईयूले २० लाख युरो सहयोग गर्ने

युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै...

धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो

धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ...

उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी

बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको...