Tuesday, August 25, 2026
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

spot_img

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय प्रसाद यादवले गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई दीर्घकालीन लगानीसँग जोडिएको क्षेत्रका रूपमा उल्लेख गर्दै उद्योगको विकास, लगानीको सुरक्षा, रोजगारी सिर्जना र उपभोक्ताको हितबीच सन्तुलन कायम गर्नुपर्ने बताए । उनले सरकार र निजी क्षेत्रबीच निरन्तर संवादमार्फत स्थिर, पारदर्शी र लगानीमैत्री नीति निर्माण गर्न आग्रह गरे ।

उपराष्ट्रपतिले नाडाको ५० वर्षको यात्रालाई नेपालको अटोमोबाइल क्षेत्रको विकाससँग जोडिएको पाँच दशक लामो यात्राका रूपमा व्याख्या गर्दै अब नेपाललाई अटोमोबाइलसम्बन्धी प्रविधि, सेवा, सीप र उत्पादनको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए ।

विश्वको अटोमोबाइल उद्योग विद्युतीय सवारी, स्वचालित सवारी, स्मार्ट मोबिलिटी र डिजिटल प्रविधितर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालका व्यवसायीले यस परिवर्तनलाई अवसरका रूपमा लिनुपर्ने बताए ।

त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले चुनौतीपूर्ण आर्थिक अवस्थाका कारण उद्योग व्यवसायको अवस्था कमजोर बनेको बताए । उनका अनुसार बजारमा माग बढ्न नसकेको र व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । उनले भने ‘ मेरो यो ३६ वर्षको व्यावसायिक यात्रामा उद्योगी व्यवसायीहरुको यस्तो कमजोर मनस्थिति कहिल्यै देखेको थिइन ।’

श्रेष्ठले अर्थतन्त्रलाई पुनः संरचना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै स्वदेशमै उद्योग स्थापना र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए । आगामी १० वर्षपछि जनसांख्यिक लाभ प्राप्त गर्ने अवस्था नरहने भएकाले अहिले नै देशभित्र उद्योग स्थापना गरी स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

उनले अटोमोबाइल क्षेत्रमा स्पेयर पाट्र्स उत्पादनको सम्भावनालाई समेत अघि सारे । स्पेयर पाट्र्स नेपालमै उत्पादन गर्ने प्रयास गर्नुपर्ने भन्दै निजी क्षेत्रले सरकारको लक्ष्यमा साथ दिने उनले बताए । त्यस्तै उनले अर्थतन्त्रको वर्तमान अवस्थाबीच व्यवसाय सञ्चालनमा कठिनाइ बढेको भन्दै नीतिगत स्थिरता र लगानीमैत्री वातावरणको आवश्यकता औँल्याए ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए । यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ ।

नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ ।

उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए । करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे ।

सवारीसाधनलाई अझै पनि विलासी वस्तुका रूपमा हेर्ने दृष्टिकोणमा पुनर्विचार गरी बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार कर नीति थप व्यावहारिक तथा उपभोक्तामैत्री बनाउनुपर्ने उनको भनाइ छ । त्यस्तै उप्रेतीले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणलाई आवश्यकता भएको पनि बताए ।

उपत्यकाको जनसंख्या र आर्थिक गतिविधि बढे पनि प्रदर्शनी पूर्वाधार त्यसअनुसार विकास हुन नसकेको भन्दै उप्रेतीले भृकुटीमण्डपको विद्यमान संरचना पर्याप्त नभएको बताए । स्थान अभावका कारण ट्रक, बस तथा हेभी इक्विपमेन्टलगायतका सामग्री पर्याप्त रूपमा प्रदर्शन गर्न नसकिएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८२÷८३ को बजेटमा भृकुटीमण्डप प्रदर्शनीस्थल स्तरोन्नतिको योजना अघि सारिएको उल्लेख गर्दै उनले उक्त योजना छिटो कार्यान्वयन गरी अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थलका रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराए ।
नाडाले विद्युतीय सवारीको बढ्दो प्रयोगलाई नेपालका लागि नयाँ अवसरका रूपमा लिनुपर्नेमा जोड दिएको छ । स्वच्छ ऊर्जा, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार, एसेम्बली तथा अटोमोबाइल कम्पोनेन्ट उत्पादनमा भविष्यमा थप सम्भावना खोज्न सकिने भन्दै सरकार, निजी क्षेत्र र प्रविधि क्षेत्रबीच सहकार्य आवश्यक रहेको उप्रेतीले बताए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...