Monday, August 24, 2026
spot_img
spot_img

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

spot_img

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गर्व महसुस भएको बताए । उनले नेपाल र भियतनामबीचको व्यापारिक, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई सुदृढ र थप उचाइमा पु¥याउन श्रेष्ठले सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।

अध्यक्ष अग्रवालले नेपालस्थित भियतनामी नागरिक तथा व्यवसायीलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै दुई देशबीचको आपसी सहयोग अभिवृद्धिमा श्रेष्ठले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनको कूटनीतिक दक्षता र सक्रियताले चेम्बरको समेत शिर उँचो बनाएको उनले उल्लेख गरे ।

सम्मान ग्रहण गर्दै पूर्व अध्यक्ष श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सले आफ्नो उपलब्धिको कदर गर्दै सम्मान प्रदान गरेकोमा खुसी व्यक्त गरे । भियतनामको परराष्ट्र मन्त्रालयले आफ्नो योगदानको उच्च मूल्याङ्कन गर्दै ‘भियतनामको वैदेशिक सेवामा योगदान’ अन्तर्गत उक्त प्रतिष्ठित सम्मान प्रदान गरेको उनले जानकारी दिए ।

भियतनामको परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरूमध्ये अग्रस्थानमा राखेर प्रदान गरिएको उक्त सम्मानले नेपाल–भियतनामबीचको सहकार्यलाई अझ प्रभावकारी, सुदृढ र परिणाममुखी बनाउन निरन्तर सक्रिय रहने थप ऊर्जा मिलेको बताए ।

उनले नेपाल चेम्बर अफ कमर्सले समेत नेपाल र भियतनामबीचको व्यापारिक सम्बन्ध तथा लगानीका अवसर विस्तारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...
spot_img