Tuesday, August 25, 2026
spot_img
spot_img

१३४ प्रतिशतले बढ्यो कालिका लघुवित्तको खुद नाफा

spot_img

कालिका लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार आघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा १३४.०३ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा २ करोड ६९ लाख मात्र थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ०.५४ प्रतिशतले बढेर २५ करोड ५० लाख पुगेको छ । यस अवधिमा कम्पनीको इम्पेयरमेन्ट चार्ज अन्तर्गत २ करोड ७८ लाख रुपैयाँ रिभर्स भएको छ । जसको कारण खुद ब्याज आम्दानी सामान्य बढे पनि खुद नाफा भने १३४.०३ प्रतिशत बढेको देखिन्छ।

कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ  रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ७.२४ रुपैयाँबाट बढेर १६.९५ रुपैयाँ कायम भएको छ । त्यस्तै कम्पनीको प्रति शेयर नेटवर्थ १७२.७० रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी ३७ करोड २३ लाख रहेको छ भने रिजर्भमा २७ करोड ६ लाख रहेको छ । कम्पनीको खराब कर्जा ३.७९ प्रतिशत रहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...