Tuesday, August 11, 2026
spot_img

ह्युन्डाईद्वारा नेपाल मै बनेको VENUE र VENUE N Line सार्वजनिक

spot_img

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ ह्युन्डाई Made-in-Nepal VENUE र VENUE N Line सार्वजनिक गरेको छ। नयाँ डिजाइन, उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र सुरक्षासहित नयाँ VENUE ले कम्प्याक्ट SUV सेग्मेन्टमा नयाँ अनुभव प्रदान गर्ने कम्पनीको भनाई छ।

कम्पनीका अनुसार Made-in-Nepal VENUE सशक्त र आकर्षक SUV डिजाइनसहित प्रस्तुत गरिएको छ। यसमा Twin Horn LED DRLs, Horizon LED रियर ल्याम्प, Powered Tilt-and-Slide Sunroof, 10.25-इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग रहेका छन्। यो १.२-लिटर र १.०-लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ, जसले आरामदायी ड्राइभिङ, दक्षता र उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ।

त्यस्तै, VENUE N Line ले VENUE लाइनअपमा थप स्पोर्टी र विशिष्ट शैली प्रस्तुत गर्दछ। यसमा N-ब्रान्डेड सिट, N-ब्रान्डेड Alloy Wheel, Signature Red Highlights सहितको Body-colour Cladding तथा विशिष्ट N Line Styling Elements रहेका छन्। यसको स्पोर्टी डिजाइनले VENUE को प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप गतिशील अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

Made-in-Nepal VENUE को सुरुवाती मूल्य रु. ४८,९६,००० रहेको छ र यो HX 2 (१,१९७cc पेट्रोल), HX 5+ (१,१९७cc पेट्रोल) र HX 5 DCT (९९८cc पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ। त्यस्तै, VENUE N Line को सुरुवाती मूल्य रु. ६७,९६,००० रहेको छ।

कम्पनीका अनुसार Made-in-Nepal Hyundai VENUE र VENUE N Line नेपालभरका ह्युन्डाई शोरुमहरूमा उपलब्ध छन्। ग्राहकहरूले आफ्नो नजिकको ह्युन्डाई शोरुममा गई नयाँ लाइनअपबारे थप जानकारी लिन तथा नयाँ VENUE को डिजाइन, प्रविधि र ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख सहयोग

कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...
spot_img

This will close in 0 seconds