Wednesday, August 5, 2026
spot_img

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

spot_img

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । प्रकाशित वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३३.५० प्रतिशतले खुद नाफा बढाएको हो ।

बैंकले गत आर्थिक वर्षमा १७ अर्ब ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको कमिसन आम्दानी ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुगेको छ ।

बैंकले निष्क्रिय कर्जामा सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ४.४८ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षमा ४.२० प्रतिशतमा झरेको छ । कर्जा नोक्सानी व्यवस्थामा बैंकले २ अर्ब ६७ करोड ७१ लाख रुपैयाँ प्रोभिजन राखेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब १६ करोड रहेको छ भने प्रति शेयर वितरणयोग्य आम्दानी १९.१० रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २१.८९ रुपैयाँबाट बढेर २८.३६ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात १८.८६ गुणा छ ।

बैंकले निक्षेप संकलन पनि ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँबाट ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुर्याएको छ । कर्जा प्रवाह पनि ४ खर्ब १० अर्ब ९९ करोड रुपैयाँबाट बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको आधार दर ४.४४ प्रतिशत, पूँजीकोष अनुपात १२.३७ प्रतिशत र प्राथमिक पूँजीकोष अनुपात ९.६८ प्रतिशत रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२...

डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु

नेपाल विद्युत प्राधिकरणले आफ्नो 'डिजिटल NEA' अवधारणालाई थप सुदृढ...

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै...

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...
spot_img