Wednesday, August 5, 2026
spot_img

ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

spot_img

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२ करोड ८१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६२ प्रतिशतले नाफा बढाएको हो ।

अघिल्लो आर्थिक वर्ष बैंकले ५ अर्ब ७ करोड ६३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि १३.३२ रुपैयाँबाट १६.३४ रुपैयाँ पुगेको छ ।

बैंकले आर्थिक वर्ष २०८२/०८३ मा १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सम्भावित कर्जा नोक्सानीमा बैंकले ४ अर्ब ७८ करोड ८४ लाख रूपैयाँ प्रोभिजन गरेको छ । बैंकको सञ्चालन मुनाफा ८ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड रहेको छ भने प्रति शेयर वितरणयोग्य मुनाफा १२.०२ रुपैयाँ रहेको छ ।

बैंकको पुँजी कोष अनुपात १२.१० प्रतिशत, प्राथमिक पुँजी अनुपात १०.०४ प्रतिशत र कोषको लागत ३.४३ प्रतिशतमा सिमित भएको छ । आधार दर ४.७५ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८३.१४ रुपैयाँ रहेको छ ।

बैंकको कुल निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । जगेडा कोष २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...

डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु

नेपाल विद्युत प्राधिकरणले आफ्नो 'डिजिटल NEA' अवधारणालाई थप सुदृढ...

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै...

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...
spot_img