Wednesday, August 5, 2026
spot_img

डिजिटल प्राधिकरण अभियान: DMS र सफ्टवेयरमा आधारित बिलिङ सिस्टम सुरु

spot_img

नेपाल विद्युत प्राधिकरणले आफ्नो ‘डिजिटल NEA’ अवधारणालाई थप सुदृढ बनाउँदै विद्युत व्यापार विभागमार्फत निर्मित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (DMS)’ तथा ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ को विधिवत शुभारम्भ गरेको छ । निमित्त कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा व्यवसाय विकास निर्देशनालयका उप कार्यकारी निर्देशक चन्दा न्यौपाने, विद्युत व्यापार विभागका निर्देशक थर्क बहादुर थापा तथा विभागका कर्मचारीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रममा प्रणालीको प्राविधिक प्रस्तुतीकरण ई. सन्जिब भट्टराईले गरेका थिए ।

​निर्देशक थर्क बहादुर थापाले प्रविधिको प्रयोगसँगै विभाग थप पारदर्शी र स्वतन्त्र ऊर्जा प्रवर्द्धक (IPPs) मैत्री बन्दै गएको र यसले आगामी दिनका विद्युत खरिद सम्झौता (PPA) तथा निर्माण व्यवस्थापन सम्बन्धी कार्यलाई थप सहज बनाउने बताए ।

त्यसैगरी, निमित्त कार्यकारी निर्देशक श्रेष्ठले डिजिटल ने.वि.प्रा. निर्माणको लक्ष्यमा विभागको यो पहलको प्रशंसा गर्दै यी प्रणालीहरूलाई यथाशीघ्र निरन्तर कार्यान्वयनमा ल्याउन र समयसापेक्ष परिष्कृत गर्दै लैजान निर्देशन दिए ।

​नयाँ सञ्चालनमा आएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (DMS) मार्फत अब निर्माणाधीन आयोजनाहरूले आफ्ना चौमासिक प्रगति विवरण, सञ्चालित आयोजनाहरूले वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट, र बीमा विवरणहरू अनलाइनबाटै बुझाउन सक्नेछन् । साथै, IPPs हरूले विभागसँग गर्ने पत्रआदान-प्रदान DMS बाटै गर्न सक्नेछन् भने सम्पूर्ण PPA र आयोजनाका जानकारीहरू एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध हुनेछन् ।

सफ्टवेयर बेस्ड बिलिङ सिस्टममार्फत सञ्चालनमा रहेका आयोजनाहरूले Availability Declaration (AD) तथा Revised Availability Declaration (RAD) पेश गरी अनलाइनबाटै स्वीकृति लिन सक्ने, संयुक्त मिटर रिडिङ (JMR) पेश गर्न सक्ने र मासिक विद्युत बिलहरू अनलाइनबाटै प्रक्रियामा लैजान सक्नेछन् । यो सिस्टम हाल केही आयोजनाहरूबाट सुरु गरी क्रमैसँग विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

यस नयाँ डिजिटल प्रणालीको सुरुआतसँगै निजी क्षेत्रका ऊर्जा प्रवर्द्धक र ने.वि.प्रा. बीचको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन थप छरितो, पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...

ग्लोबल आईएमईको नाफा बढ्यो, प्रतिसेयर आम्दानी पनि वृद्धि

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा ६ अर्ब २२...

राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै...

धितोपत्र बोर्डद्वारा प्राथमिक बजार सुधार सहजीकरण कार्यदल गठन

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजारलाई थप पारदर्शी, विश्वसनीय र...
spot_img