Thursday, July 30, 2026
spot_img

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

spot_img

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि. (NIMBUZZ) बीच नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले म्झौता भएको छ । उक्त सहकार्यसँगै NIMBUZZ का अन्तर्राष्ट्रिय डेटा (eSIM) तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (International Driving Permit – IDP) सम्बन्धी सेवाहरू कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ ।

यस सहकार्यपछि कुमारी बैंकका ग्राहकहरूले अब मोबाइल बैंकिङ्ग एपमार्फत नै सहज रूपमा अन्तर्राष्ट्रिय डेटा eSIM प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि आवेदन दिन सक्नेछन् । विदेश यात्रा गर्ने नेपाली, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्र्थी, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित रूपमा विदेश आवतजावत गर्ने ग्राहकहरूका लागि यी सेवाहरू विशेष रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

eSIM सेवाले ग्राहकहरूलाई विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न, सिम परिवर्तन गर्न वा विभिन्न नेटवर्क सेवाको खोजीमा समय खर्च गर्नुपर्ने झन्झटबाट मुक्त गर्दै सहज रूपमा डेटा सेवा प्रयोग गर्न सक्षम बनाउनेछ । त्यसैगरी, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रियालाई थप सरल, छिटो तथा व्यवस्थित बनाउँदै ग्राहकहरूलाई आवश्यक सेवा डिजिटल माध्यमबाट प्राप्त गर्न सहयोग पुर्याउनेछ ।

ग्राहकहरूले eSIM तथा IDP सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत नेपाली रुपैयाँमा नै भुक्तानी गर्न सक्नेछन् । यसले अन्तर्राष्ट्रिय सेवा उपयोगका लागि विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता कम गर्नुका साथै सम्पूर्ण प्रक्रिया थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ। यसबाट ग्राहकहरूको समय, लागत तथा श्रमको बचत हुनुका साथै अन्तर्राष्ट्रिय स्तरका सेवाहरू स्वदेशमै बसेर प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले हाल २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम, ४० शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img