Thursday, July 30, 2026
spot_img

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

spot_img

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद भट्ट तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मी प्रसाद प्रसार्ई तथा डा. निरन्जन आचार्यको समेत सहभागिता रहेको थियो । कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्न लागेको हो।

गुणस्तरीय दन्त स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै हिमाल डेन्टल हस्पिटल तथा इन्स्टिच्युट अफ डेन्टल साइन्सले लामो समयदेखि नेपालको दन्त स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।
सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटलले दाँत तथा मुखसम्बन्धी विभिन्न स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक दन्त उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालले उपचारसँगै दन्त रोगको रोकथाम र नियमित मुख स्वास्थ्य परीक्षणको महत्वबारे जनचेतना अभिवृद्धि गर्न पनि जोड दिँदै आएको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कसको लागि घटाईयो नेप्से सीइओको लागि आवश्यक योग्यता ?

सरकारले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत...

भगवति हाइड्रोपावरको ५७ लाख कित्ता बढी शेयरको लकइन अवधि भदौमा सकिँदै

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५७ लाख कित्ता बढी...

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले बनाए समिति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न...

ट्रान्क्यूलिटी स्पा बन्यो नेपालको पहिलो ISO 9001:2015 प्रमाणपत्र प्राप्त स्पा तथा वेल्नेश ब्राण्ड

ट्रन्क्यूलिटी स्पा प्रा.लि.ले युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स (यूआरएस) बाट...

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img