नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरमा स्काइवेल अनुबन्ध भएको छ । एलआरआर ग्रुपले नेपाल भित्र्याएको ईभी ब्राण्ड स्काइवेल सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनरका रूपमा अनुबन्ध भएको हो ।
सो सम्बन्धि सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र एलआरआर ग्रुपका प्रबन्ध निर्देशक जीवन शाहीले हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर पश्चात एलआरआर ग्रुपका प्रबन्ध निर्देशक शाहीले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणसम्म आइपुग्दा सुदूरपश्चिम रोयल्स सबैभन्दा धेरै समर्थक भएको र क्रिकेट पारखीहरुको नजरमा लोकप्रीय र बलियो टोलीका रुपमा स्थापित भएको बताए । एलआरआर मोटर्सले यो साझेदारी दुवै पक्षका लागि लाभदायी हुने विश्वास व्यक्त लिएको शाहीको भनाइ छ ।
एलआरआर ग्रुप स्काइवेल ईभीको नेपालका लागि आधिकारिक आयातकर्ता बनेको छ । कम्पनीले हाल जिली ब्राण्डका लक्जरी गाडी नेपाल ल्याएर बिक्री गर्दै आएको छ । अब चाँडै स्काइवेलका ईभी पनि कम्पनीले सार्वजनिक गर्दैछ ।









