Friday, May 1, 2026
spot_img
spot_img

मन्त्री मनाङ्गेद्वारा छत्रपाटी निःशुल्क चिकित्सालयको निरीक्षण

spot_img
spot_img

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ (दिपक मनाङे) ले काठमाडौंस्थित छत्रपाटी निःशुल्क चिकित्सालयको आज निरीक्षण गरेका छन्। मंगलबार दिउँसो १ बजे मन्त्री मनाङेको सचिवालयका सदस्यसहितको टोलीले अस्पताल पुगेर नयाँ बन्दै गरेको भवन, अस्पताल तथा आपतकालिन कक्षको निरीक्षण गरेका हुन् ।

मन्त्री मनाङेले छत्रपाटी निःशुल्क अस्पतालको निरीक्षणको क्रममा भौतिक संरचना र नयाँ बन्दै गरेको भवनको संरचना निर्माण तथा अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री मनाङेलाई अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले स्वागत गरेका थिए । अध्यक्ष डा. श्रेष्ठले मन्त्री मनाङेलाई अस्पतालको नयाँ भवन बन्दै गरेको, मुटु सम्बन्धी विशेष उपचार कक्ष तयार हुँदै गरेको जानकारी दिँदै क्यान्सरको उपचार सम्बन्धी नयाँ भवनमा अत्याधुनिक सुविधासहितको सेन्टर तयार हुँदै गरेको जानकारी दिएका थिए । साथै अध्यक्ष डा. श्रेष्ठले छिट्टै कलेजो सम्बन्धी उपचारको लागि अत्याधुनिक मेशिन ल्याएर उपचार सुरु गर्न लागेको जानकारी दिए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउ बद्री भवनमा अब नयाँ अप्रेशन थिएटरको खाँचो रहेको र त्यसको लागि तीन करोड भन्दा बढि लगानी आवश्यक रहेको जानकारी गण्डकी प्रदेश मन्त्री मनाङेलाई जानकारी गराएका छन् ।

अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको तारिफ गर्दै मन्त्री गुरुङले ठमेल क्षेत्रका विभिन्न होटल तथा व्यापारीहरुलाई विशेष प्राथमिकता दिएर जनमुखी स्वास्थ्य सेवा दिदाँ अस्पताललाई अझै राम्रो हुने धारणा समेत व्यक्त गरेका छन् । शहरी क्षेत्रमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंका भित्री तहका जनताको स्वास्थ्य उपचारमा विशेष भूमिका खेल्दै आएको छ ।

नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक प्रविधियुक्त अप्रेशन थेटर सञ्चालन गर्न आवश्यक पहल गरी दिनका लागि मन्त्री गुरुङलाई अस्पताल सञ्चालक कार्यसमितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले आग्रह गरेका छन् ।

अस्पतालका कार्यसमितिका अध्यक्ष डा. श्रेष्ठले विभिन्न निजी स्वास्थ्य प्रदायक संस्थाको तुलनामा छत्रपाटी निःशुल्क अस्पतालले सुलभ शुल्कमा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए । उनले भने, ‘हामीले विभिन्न संस्थाहरुसँग आर्थिक सहयोग जुटाउँदै अस्पताल सञ्चालन गर्दै आएका छौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र वडा अध्यक्ष नविन मानन्दरसहितले आवश्यक सहयोग जुटाएको उल्लेख गरे ।’

क्षत्रपाटी निःशुल्क चिकित्सालय सामुदायिक अस्पताल हो । २०१३ सालमा स्थापना भएको सो अस्पतालको व्यवस्थापन स्वयम्सेवकको रुपमा कार्यरत रहेका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मेरो कार्यकालमा निजी क्षेत्रमैत्री ऐन कानुनमा इतिहासमै सबैभन्दा बढी सुधार भएको छ (अन्तरवार्ता)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल आफ्नो कार्यकाल...

तोलामै ३४ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला २...

आज अन्तरराष्ट्रिय श्रमिक दिवस, उभौली पर्व र बुद्ध जयन्ती मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा...

नबिल बैंकको केन्द्रीय कार्यालयमा ‘नर्सिङ रुम’को सुरुवात

नबिल बैंकले केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

रोयल ट्युलिप संचालन गरिरहेको केटिएम हस्पिटालिटीले माग्यो आईपीओ निष्काशन अनुमति

केटिएम ग्रुप अन्तर्गतको केटिएम हस्पिटालिटीले आईपीओ निष्काशनको अनुमति माग...

‘भिजनरी’ युवाको पहिचान बनाएका देशबन्धु बस्नेतद्वारा महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘नतिजामुखी व्यक्ति’का रुपमा चिनिने पात्र...
spot_img