Monday, May 25, 2026
spot_img

आज शेयर लगानीकर्ताले २ खर्ब ३० अर्ब गुमाए

spot_img
spot_img

आज मंगलबार शेयरबजारमा भारी गिरावट आउँदा शेयर लगानीकर्ताले २३० अर्ब गुमाएका छन् । बजार पुँजीकरणको आधारमा आज शेयर लगानीकर्ताको सम्पति २ खर्ब ३० अर्ब २५ करोड ३१ लाखले घटेको हो ।

आज कारोबार सुरु हुनु भन्दा अगाडी नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब ७२ करोड रहेकोमा बजार बन्द भएपछि बजार पुँजीकरण घटेर ४२ खर्ब ८ अर्ब ४६ करोड ९५ लाख कायम भएको छ । अर्थात् शेयर लगानीकर्ताले आज २ खर्ब ३० अर्ब २५ करोड ३१ लाख गुमाएका छन् ।

आज शेयर बजार परिसूचक नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएको ३२२ कम्पनीका ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँ १० पैसाको कारोबार भएको छ। यो हालसम्म कै उच्च कारोबार हो । यस अघि साउन १६ , २०८१ मा शेयर बजारमा २१ अर्ब ९१ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब ३९ करोडको कारोबार भएको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ३६ लाख तथा सीइडीबी हाइड्रोको ४३ करोड १८ लाखको कारोबार भएको छ।

आज थ्री स्टार हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत तथा कुठेली बुखारी हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत बढेको छ। त्यस्तै लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को शेयर मूल्य क्रमश ३.९४ प्रतिशत र ३.८१ प्रतिशत बढेको छ।आज नेपाल फाइनान्स र गोर्खाज फाइनान्स सहित ६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेको छ।

आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ८.२७ प्रतिशत तथा होटेल समूह ८.०३ प्रतिशत घटेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जापानद्वारा भारतीय आँपको आयातमा प्रतिबन्ध

जापानले यो सिजनमा भारतबाट ताजा आँपको आयात पूर्ण रूपमा...

सुर्तीजन्य पदार्थमा लाग्ने कर वृद्धि गर्न सांसदको आग्रह

सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्न आग्रह...

बाजुरा र हुम्लाको सीमा विवादबारे अध्ययन गर्न समिति गठन

सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको...

अर्थतन्त्र उकास्न बंगलादेशको केन्द्रीय बैंकले ल्यायो ६ खर्बको प्याकेज, तरलता पनि व्यवस्थापन

बंगलादेशको केन्द्रीय बैंक (बंगलादेश बैंक) ले अर्थतन्त्रलाई गति दिन...

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पीक्स’ सार्वजनिक

प्रिमियर डिस्टिलरी लिमिटेडले ‘८ पीक्स’ नामक नयाँ ब्राण्ड बजारमा...
spot_img