Tuesday, July 7, 2026
spot_img

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले गरे भेटवार्ता

spot_img

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डाबीच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।

​प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार आधा घण्टा चलेको यस शिष्टाचार भेटमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन्।
​जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको छ।

​भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडीबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताएका छन्। ​उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठूलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडीबी सधैं साथ रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपालको युवा नेतृत्व र सुधारप्रतिको प्रतिबद्धता प्रेरणादायी रहेको उनको भनाइ छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ...

यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक...

प्राइम कमर्शियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

प्राइम कमर्शियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज...
spot_img