Saturday, July 4, 2026
spot_img

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

spot_img

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ चयन भएका छन् । उनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

“सम्पूर्ण व्यवसायीको एकता, देशभर खाद्यको आवश्यकता” भन्ने मूल नारासहित शनिबार काठमाडौंमा सम्पन्न अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्दै व्यवसायीहरूको हकहित संरक्षण, खाद्य आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउने तथा व्यवसायीबीच एकता सुदृढ गर्ने प्रतिबद्धता जनाएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा टंक प्रसाद शेरचन, महासचिवमा ओम प्रकाश बंसल, सचिवमा दीपक कुमार फैजू , कोषाध्यक्षमा नरेश कुमार गोयल तथा सह–कोषाध्यक्षमा मनोज कुमार गुप्ता चयन भएका छन्। सदस्यहरूमा पवन कुमार अग्रवाल, राजेश कुमार हरिलालका, पवन कुमार कलवार, रवि कुमार गुप्ता, गौरव सिंघानिया चयन भएको संघले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले खाद्य तथा किराना व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्रीको सहज उपलब्धता सुनिश्चित गर्न संघ सक्रिय रहने बताए । उनले देशभरका व्यवसायीलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै व्यवसायिक एकतालाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

अधिवेशनमा सहभागी व्यवसायीहरूले बजार व्यवस्थापन, आपूर्ति प्रणाली, कर नीति तथा व्यवसाय सञ्चालनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै नयाँ कार्यसमितिले व्यवसायीहरूको हित संरक्षण र संस्थागत सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...
spot_img