Wednesday, August 26, 2026
spot_img
spot_img

प्रदर्शन चर्किएपछि भारत भागिन् बंगलादेशकी प्रधानमन्त्री हसिना, सेनाद्वारा सत्ता कब्जा

spot_img

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छिन् । राजीनामा दिएर उनी देश छाडेर भारत भागेको बीबीसी बंगालीले उल्लेख गरेको छ । उनी भारतको त्रिपुरा राज्यको आगरताला पुगेको र त्यहाँबाट लण्डन जान सक्ने बताईएको छ ।

बंगलादेशमा केही समय यता सरकारी सेवामा कोटा प्रणालीको खारेजीको माग गर्दै विद्यार्थीहरुको आन्दोलन चर्किएको थियो । प्रदर्शनमा परि गत एक महिनामा ३०० जनाको मृत्यु भएको छ। जस मध्ये ९० जनाको हिजो मात्र मृत्यु भएको हो । ९० जनाको मृत्यु भएपछि आज प्रदर्शन झन् चर्किएको थियो । आज प्रदर्शनकारीहरु प्रधानमन्त्री निवास भित्रै प्रवेश गरेर प्रदर्शन गरेका थिए । त्यसपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर हेलिकप्टरमा भारततर्फ गएको बीबीसीले जनाएको छ। उनी सन् २००९ देखि प्रधानमन्त्री थिइन्।

लगत्तै बंगलादेशी सेना प्रमुख वाकर उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै अब सेनाले सत्ता सम्हाल्ने घोषणा गरेका छन् । उनले आज साँझसम्म नै सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै हिंसात्मक गतिविधि नगर्न र सेनालाई सहयोग गर्न आग्रह गरेका छन् । उनले सबै मृत्युको छानबिन गर्ने भन्दै सेनालाई विश्वास गर्न पनि आग्रह गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...