आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४३ हजार ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ८ सय ४५ रुपैयाँ तोकिएको छ ।












