Saturday, June 13, 2026
spot_img

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

spot_img
spot_img

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा एआई सहकार्यका लागि नेपाल–भारत द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ । यस कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो ।

यस सत्रमा दक्षिण एसियामै फुल–स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह–संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन गरेका थिए । कार्यक्रमअघि डा. कुमारले नेपालको प्रविधि र लगानी इकोसिस्टमका प्रतिनिधिहरू डाटा वर्ल्ड, बिचुटेन, गोल्छा इन्डस्ट्रिज, स्पार्क ग्रुप र स्प्यारो एसएमएससँग डिजिटल पूर्वाधार, एआई र उदीयमान प्रविधिहरूमा रहेका अवसरहरूबारे छलफल गरेका थिए ।

निक्कीका अध्यक्ष सुनील केसीले कार्यक्रमको उद्घाटनमा नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहयोग सुदृढ गर्नुपर्ने कुरामा जोड दिएका छन् । उनले सर्वम एआईलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न र सार्वजनिक तथा निजी दुवै क्षेत्रसँग साझेदारी अघि बढाउन प्रोत्साहित गरे ।

यस्ता सहकार्यले अग्रणी प्रविधि कम्पनीहरूबाट थप लगानी भित्र्याउन उत्प्रेरित गर्ने र नवप्रवर्तनमा आधारित लगानी, ज्ञान हस्तान्तरण र रणनीतिक प्रविधि साझेदारीमार्फत नेपालको प्रत्यक्ष वैदेशिक लगानीको खाडल पुर्न मद्दत गर्ने केसीको विश्वास छ ।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले भारत–नेपाल आर्थिक सहयोगको फराकिलो सन्दर्भसँग जोड्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप समर्थन र उदीयमान प्रविधिहरूमा ज्ञान आदानप्रदानमा साझा चासो रहेको औल्याए । साथै, उनले एआई र नवप्रवर्तनमा भारतीय र नेपाली सरोकारवालाहरूबीचको सहकार्यका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

डा. प्रत्यूष कुमारले आफ्नो सम्बोधनमा फुल–स्ट्याक जेनेरेटिभ एआईको उदय र एआई प्रविधिका निर्माताभन्दा पनि उपभोक्ताको रूपमा रहेका देशहरूमा यसको प्रभावबारे चर्चा गरेका छन् । उनले दक्षिण एसियाको भाषिक र सांस्कृतिक यथार्थ अनुकूल हुने प्रणालीहरू विकास गर्ने सर्वम एआईको दृष्टिकोणबारे प्रस्ट पार्दै डिजिटल पहुँच र समावेशीकरण विस्तार गर्ने माध्यमका रूपमा स्थानीय भाषाका प्रविधिहरूमा विशेष जोड दिएका छन् ।

उनले उदीयमान अर्थतन्त्रहरूसँग अन्यत्र विकास गरिएका एआई उपकरणहरू मात्र अपनाउने भन्दा पनि आफ्नै जनसंख्या, भाषाहरू र प्रयोगका आवश्यकताहरू अनुकूल हुने सार्वभौम क्षमताहरू निर्माण गर्ने अवसर रहेको बताए । प्रतिभा विकास, अनुसन्धान पूर्वाधार र नीतिगत समर्थनसहितको भारतको एआई इकोसिस्टमको रूपरेखा प्रस्तुत गर्दै डा. कुमारले एआई अपनाउने प्रारम्भिक चरणमा रहेका देशहरूका लागि सीमान्तकृत जनसंख्यासम्म पुग्न स्थानीय भाषाका मोडेलहरूको विशेष महत्त्व हुने बताए । उनले नेपाली नवप्रवर्तनलाई पनि जनविश्वास कायम राख्न सहज प्रयोग अभ्यासहरू र आन्तरिक प्रतिभाहरूको विकास गर्न सुझाव दिएका छन् ।

डा. कुमारले नेपालको स्टार्टअप समुदाय र प्राज्ञिक संस्थाहरू यस दिशामा प्रारम्भिक कदम चाल्न राम्रो स्थितिमा रहेको बताउँदै भारतको अनुभव विशेषगरी सरकार, शिक्षा क्षेत्र र निजी क्षेत्रबीचको साझेदारीलाई सान्दर्भिक मोडलको रूपमा औंल्याए । उनले संयुक्त अनुसन्धान पहलहरू, प्रशिक्षण कार्यक्रमहरू र स्टार्टअप इकोसिस्टम आदानप्रदानले भारत–नेपाल सहकार्य अघि बढ्न सक्ने बताएका छन् ।

नेपाल विश्वविद्यालयका कुलपति डा. बिन्दुनाथ लोहनीले भविष्यका प्रतिभाहरू तयार पार्न, अनुसन्धानलाई अगाडि बढाउन र नेपालको दीर्घकालीन नवप्रवर्तन एजेन्डालाई समर्थन गर्न उच्च शिक्षा संस्थाहरूको भूमिकाबारे विशेष सम्बोधन गरेका थिए । उनले एआईबाट निर्देशित विश्वका लागि विद्यार्थी र अनुसन्धानकर्तालाई सुसज्जित गर्न प्राज्ञिक र उद्योग क्षेत्रबीचको सहकार्यमा जोड दिएका छन् ।

यसपछि अन्तरक्रियात्मक प्रश्नोत्तरमा सहभागीहरूले व्यवसायहरूद्वारा एआईको प्रयोग, प्रतिभा विकास, जिम्मेवार एआई शासन, स्थानीय भाषाका प्रविधिहरू र क्षेत्रीय सहकार्यका अवसरहरूलगायतका विषयहरू उठाएका थिए । यस छलफलले उत्पादकत्व, प्रतिस्पर्धात्मकता र आर्थिक वृद्धिलाई समर्थन गर्न नेपालले एआईलाई कसरी सदुपयोग गर्न सक्छ भन्ने कुरामा सरोकारवालाहरूको गहिरो चासो देखाएको थियो ।

निक्कीको स्टार्टअप र प्राइभेट इक्विटी कमिटीका सह–संयोजक दिलीप भट्टराईले डा. प्रत्यूष कुमारलाई धन्यवाद दिँदै नेपाली सरोकारवालाहरू र क्षेत्रीय एआई अभ्यासकर्ताहरूबीचको प्रत्यक्ष संवादको महत्त्वलाई औंल्याउँदै धन्यवाद दिएका छन् ।

निक्कीका निर्देशक मार्सल राठौरले दुवै देशका व्यवसाय, सरकार र प्रविधि समुदायलाई जोड्ने प्लेटफर्महरूप्रति निक्कीको प्रतिबद्धता दोहोर्याउँदै कार्यक्रम समापन गरेका थिए ।

निक्कीले नेपालस्थित भारतीय दूतावास, डा. प्रत्यूष कुमार र सर्वम एआईलाई उनीहरूको सहभागिताका लागि र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) लगायत कार्यक्रममा योगदान पुर्याउने सम्पूर्ण साझेदार तथा उपस्थित व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ । संघले नेपालको स्टार्टअप इकोसिस्टम र भारतको प्रविधि क्षेत्रबीच ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र साझेदारी विकाससम्बन्धी भविष्यका कार्यक्रमहरूमार्फत यस संलग्नतालाई अझ विस्तार गर्ने योजना बनाएको जानकारी दियो ।

निक्कीले आफ्ना समिति र कार्यक्रमहरूमार्फत व्यापार, प्रविधि र नवप्रवर्तनसहितका विभिन्न क्षेत्रहरूमा सहयोगलाई प्रवर्द्धन गर्दै नेपाल र भारतबीचको आर्थिक, व्यापारिक र लगानी सम्बन्धलाई सुदृढ गर्ने दिशामा काम गर्दै आइरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...

नेपाल लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताल नियुक्त

सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट...

सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार १...
spot_img