कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा शेयर बाँडफाँड गरिएको हो ।
जसअनुसार २ लाख ८७ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओमा २८ लाख ६० हजार ७६६ आवेदकले आवेदन दिएका थिए ।
कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले बझांगमा १५।३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।












