आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ । मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एकैदिन तोलामा १० हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार १ सय ७० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ६४ सय २३ रुपैयाँ तोकिएको छ ।












