Thursday, June 25, 2026
spot_img

६० दिनभित्र पैसा नतिरे फेरि लाइन काट्ने कुलमानको चेतावनी

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे पुनः लाइन काट्नुको विकल्प नभएको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा प्रबन्ध निर्देशक घिसिङले बक्यौता महशुल भुक्तानी गर्ने शर्तमा उद्यमेगमा काटिएको लाइन जडान गरिएको स्मरण गराउँदै तोकिएको अवधिमा महशुल दाखिला नगरे पुनः लाइन काट्नुपर्ने बताएका हुन् ।

प्राधिकरणले यसअघि असार २५ यता रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि साउन ८ गते बसेको विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको थियो ।

‘६० दिनभित्र महसुल तिरेन भने लाइन कट्नुको विकल्प हुँदैन, लाइन काट्न अवरोध हुँदा बक्यौता बढिरहेको छ’ कुलमानले भने, ‘३४१ उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका छन्, यीमध्ये सरकारी उद्योगहरूले महशुल तिरेका छन्, डाबर नेपाल र सूर्य नेपालले लगातार महशुल तिरिरहेका छन् । ६१ वटा उद्योगसँग मात्रै महुशल नलिने हो भने विगतमा तिरेकाको पैसा फिर्ता गर्नुपर्छ ।’

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img