Wednesday, August 26, 2026
spot_img
spot_img

तोकिएको अवधिमा उद्योग सञ्चालन नगर्ने विदेशी लगानीकर्ताको धरौटी जफत हुने

spot_img

उद्योग विभागले विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताले तोकिएको समयभित्र उद्योग सञ्चालन नगरे धरौटी जफत हुने जनाएको छ । विभागले एक सूचना जारी गर्दै विदेशी लगानी स्वीकृत गर्दा तोकिएको अवधिभित्र उद्योग सञ्चालन नगरेका विदेशी लगानीकर्ताको धरौटी जफत हुने जनाएको हो ।

विभागले साउन १६ गते सूचना जारी गर्दै ३५ दिनभित्र तोकिएको समयमा लगानी भित्र्याएको प्रमाण बुझाई विभागबाट उद्योग दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता लैजान आग्रह गर्दै अन्यथा त्यस्तो धरौटी जफत हुने जनाएको हो ।

यदि सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र लगानीकर्ताले स्वीकृत लगानी भित्र्याएको प्रमाण र उद्योग सञ्चालनको जानकारी नगराएमा धरौटी रकम जफत हुने विभागले प्रष्टपारेको छ ।

विभागका अनुसार विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र नियमावली तथा औद्योगिक व्यवसाय ऐन र नियमावली अनुसार तोकिएको अवधिभित्र स्वीकृत लगानी भित्र्याएको र उद्योग सञ्चालनमा ल्याएको हुनुपर्छ ।

धरौटी फिर्ताका लागि विवरण खोलिएको माग निवेदन, उद्योग सञ्चालनमा आएको प्रमाण, कर चुक्ता (शून्य कारोबार आएमा नमानिने), लगानी भित्र्याएको प्रमाण, उद्योग दर्ताको प्रमाण, धरौटी रकम जम्मा गरेको सक्कल प्रति, लेखा परीक्षण प्रतिवेदन र कम्पनी अध्यावधिक प्रमाणपत्र बुझाउनु पर्नेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...