Saturday, June 13, 2026
spot_img

फेरि प्लास्टिकको नोट छाप्ने योजनामा भारत, सुरुमा १० रुपैयाँको नोटबाट परिक्षण

spot_img
spot_img

उच्च मुद्रण लागत र छिट्टै झुत्रिने कागजी नोटको समस्याबाट जोगिन भारतीय रिजर्भ बैंक (RBI) ले फेरि प्लास्टिक/पोलिमर नोट छाप्ने योजना पुनः चर्चामा ल्याएको छ। बैंकको हालैका बोर्ड बैठकहरूमा यो विषयमा गम्भीर छलफल भएको बताईएको छ।

बैंकले सुरुमा ₹१० वा अन्य साना मूल्यका पोलिमर नोटको पाइलट प्रोजेक्ट (परिक्षण) गर्न लागेको छ। यी नोट बाइएक्सियली ओरिएन्टेड पोलिप्रोपिलिन (BOPP) बाट बन्नेछन्। यस्ता नोट पानी, फोहोर र घामबाट कम प्रभावित हुन्छन् र २ देखि ५ गुणा लामो समय टिक्छन्।

वित्त मन्त्रालयसँगको समन्वयमा यो योजना अघि बढाउने बैंकको तयारी छ। हालको उच्च मुद्रण खर्च (आर्थिक वर्ष २०२५ मा ₹६,३७२ करोड) र २३.८ अर्ब नोट नष्ट गर्नुपर्ने अवस्थाले यसलाई आवश्यक बनाएको छ। अहिले यो योजना पाइलट चरणमा छ। सफल भएमा क्रमशः अन्य डिनोमिनेसनमा विस्तार गरिनेछ। जनताको प्रतिक्रिया, मौसम परीक्षण (उच्च तापक्रम) र ATM मेसिन अनुकूलता जाँच गरिनेछ।

भारतले २०१३ मा ₹१० का प्लास्टिक नोट पाइलट रूपमा ५ शहरहरू (कोची, माइसोर, जयपुर, भुवनेश्वर, शिमला) मा छापेको थियो। तर २०१७/१८ पछि यो योजना रोकियो।

उच्च तापक्रममा नोट एकसाथ टाँसिने समस्या, प्राविधिक कमजोरी र लागत-लाभ विश्लेषणमा पर्याप्त सकारात्मक नतिजा नआएको, डिजिटल भुक्तानी (UPI) र CBDC को बढ्दो प्रयोगले आवश्यकता घटेको कारणले त्यस समय यस्ता नोट छपाई कार्य बन्द गरिएको थियो।

पोलिमर नोट महँगो लाग्छ तर लामो समयमा सस्तो पर्छ किनकि बारम्बार छाप्नु पर्दैन। यी नोट रिसाइकल गर्न सकिन्छ।
केही देशमा नोट चिप्लो/टाँसिने समस्या देखिएको छ।

नेपालले पनि २००२ मा राजा ज्ञानेन्द्रको राज्याभिषेकको अवसरमा ₹१० को पोलिमर नोट छापेको थियो। तर केही समयमै बन्द गरिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...

नेपाल लेखामान बोर्डको अध्यक्षमा रमेश कुमार धिताल नियुक्त

सरकारले नेपाल लेखामान बोर्डको अध्यक्ष पदमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट...
spot_img