Wednesday, June 10, 2026
spot_img

बीमा प्राधिकरणको अध्यक्ष पनि फरक तरिकाबाट नियुक्ति हुँदै, ७ दिन भित्र CV बुझाउन आग्रह

spot_img
spot_img

यस पटक फरक तरिकाबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त हुने भएको छ । प्राधिकरणको अध्यक्षको लागि  नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज आज जेठ १३ गते सार्वजनिक सूचना जारी गरेको छ।

समितिले नेपाल नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पद पूर्तिको लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ७ दिन भित्र अर्थात् जेठ १९ गते भित्र योग्य तथा इच्छुकहरुलाई व्यक्तिगत विवरण पेश गर्न भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न भनिएको छ।

यस अघि प्राधिकरण अध्यक्ष नियुक्तिको लागि आवेदन दिँदा व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्थ्यो भने सर्टलिस्टमा परेकाहरुले त्यसको प्रस्तुतिकरण समेत गर्नु पर्ने व्यवस्था हुने गरेको थियो । यस पटक भने सिफारिस समितिले व्यक्तिगत विवरण (CV) र स्वघोषणा फारम मात्र बुझाउन भनेको छ ।

यस संगै सिफारिस समितिले प्राप्त आवेदनको आधारमा उम्मेदवारहरुमध्ये ३ जनालाई सिधै अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्ने छ । यस अघि धितोपत्र बोर्डको अध्यक्ष पनि यसैगरि सिफारिस गरिएको थियो । तर नियुक्ति भने हुन सकेको छैन ।

शरद ओझालाई सरकारले बर्खास्त गरेपछि बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ति हुन लागेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

घोराही सिमेन्टको ४ करोड कित्ता बढी शेयरको लकईन अवधि असारमा सकिँदै

घोराही सिमेन्ट इन्डस्ट्रीज लिमिटेडको ४ करोड कित्ता बढी शेयरको...

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...
spot_img