Wednesday, June 10, 2026
spot_img

बुद्धभुमि नेपाल हाइड्रोले जेठ २१ देखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने

spot_img
spot_img

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रदमा अवितरित शेयर जेठ २१ देखि लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाम गर्न लागेको हो।

यस लिलामको लागि एनआईसी एशिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

काठमाडौँ भित्र एनआईसी एशिया क्यापिटलको थापाथली स्थित कार्यलयबाट शिलबन्दी फारम लिएर त्यहि आवेदन दिन सकिने छ । त्यस्तै एनआईसी एशिया बैंकको विराटनगर, विरगंज, पोखरा, धनगढी , बुटवल, वीरेन्द्रनगर, पन्चकन्या नुवाकोट, त्रिशुली नुवाकोट, नारायणगढ र नेपालगंज  शाखाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आउन लागेको हो।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img