एकदिवसीय क्रिकेट (ODI) मा नेपालले अहिलेसम्म कै दोस्रो ठूलो स्कोर बनाएको छ। आज अमेरिकासँग किर्तिपुर स्थित टियु क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपालले ३१७ रन बनाएको हो ।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन बनाएको हो। यो एकदिवसीय क्रिकेटमा नेपालको हालसम्म कै दोस्रो ठूलो स्कोर हो ।
एकदिवसीयमा नेपालको सबैभन्दा ठूलो स्कोर ३२१ रन रहेको छ । तर त्यो स्कटल्याण्डमा बनेको थियो । ३२१ पछि नेपालको उच्चतम स्कोर ३१० रहेकोमा आज त्यो रेकर्ड तोडिएको छ ।
नेपालले खेलमा टस हारेर ब्याटिंग गरेको थियो। नेपालको लागि कुशल भुर्तेलले २९ रन, आशिफ शेखले ४३ रन, इशान पाण्डेले ८४ रन, रोहित पौडेलले ४६ रन, दिपेन्द्र सिंह ऐरीले ५९ रन, गुलशन झाले १५ रन, सोमपाल कामीले ५ रन, आरिफ शेखले १८ रन र नन्दन यादवले १ रन बनाए ।












