आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार १ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ८५ रुपैयाँ तोकिएको छ ।












