Wednesday, June 10, 2026
spot_img

के हो भारतमा भाईरल भईरहेको कक्रोच जनता पार्टी ? ५ दिन मै १ करोड फलोअर्स

spot_img
spot_img

भारतमा हाल ‘कक्रोच जनता पार्टी’ (Cockroach Janata Party – CJP) ले तहल्का मच्चाएको छ । केही दिनमा नै यसको इन्स्टाग्राम पेजले १ करोड भन्दा बढी फलोअर्स कमाएको छ भने लाखौं सदस्यहरू दर्ता भएका छन् ।

भारतका प्रधानन्यायधीश सूर्य कांतको एक विवादास्पद टिप्पणीबाट यो सुरु भएको हो । मे १५, २०२६ मा सर्वोच्च अदालतको सुनुवाइका क्रममा प्रधानन्यायधीशले नक्कली डिग्री लिएर पेशामा प्रवेश गर्ने केही बेरोजगार युवालाई “कक्रोच र परजीवी” को संज्ञा दिएका थिए । यो टिप्पणीलाई धेरै युवाले सम्पूर्ण बेरोजगार युवामाथिको अपमानको रूपमा लिए ।

भोलिपल्ट, मे १६ मा बोस्टन युनिभर्सिटीमा पढिरहेका ३० वर्षीय अभिजीत दिप्के (Abhijeet Dipke) ले एउटा ट्वीट (X पोस्ट) गरे : “के हुन्छ यदि सबै कक्रोचहरू एकजुट भए भने ?” त्यसपछि उनले गुगल फर्म मार्फत सदस्यता खोल्ने घोषणा गरे । यो तत्काल भाइरल भयो र हजारौं युवाले यसलाई साथ दिए ।

यो कुनै पारम्परिक राजनीतिक दल होइन, बरु Gen Z युवाहरूको व्यंग्यात्मक र व्याख्यात्मक आन्दोलन हो । बेरोजगारी, NEET पेपर लिक, शिक्षा प्रणालीको समस्या, न्यायिक सुधार र युवाहरूको आवाजलाई व्यंग्य मार्फत उठाउने प्रयास हो । यसले “कक्रोच” लाई शक्तिशाली प्रतीक बनाएको छ – जसलाई मार्न गाह्रो हुन्छ, जसले कुनै पनि अवस्थामा बाँच्न सक्छ ।

उनीहरुको नारा : “Secular, Socialist, Democratic, Lazy” (धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी) रहेको छ । यो बेरोजगार र “क्रोनिकली अनलाइन” युवाहरूको आवाज हो भनिन्छ ।

उनीहरुको ५ बुँदे एजेन्डा छ । जसमा न्यायाधीशहरूलाई सेवानिवृत्तिपछि कुनै पद वा पुरस्कार नदिने, युवा समस्या (पेपर लिक, बेरोजगारी) सम्बोधन गर्ने, मिडिया पूर्वाग्रहविरुद्ध आवाज उठाउने,  महिलाहरूको ३३% आरक्षणको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका छन्।

यो पार्टी दर्ता हुन्छ ?
यो व्यंग्यात्मक अनलाइन मुभमेन्ट मात्र हो, अहिलेसम्म कुनै आधिकारिक राजनीतिक दल होइन । यसको वेबसाइट र सोसल मिडिया मार्फत मात्र सक्रिय छ । भारतको निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया जटिल छ (कागजात, सदस्य संख्या, चुनाव चिन्ह आदि) । अभिजीत दिप्केले यसलाई “आन्दोलन” को रूपमा अगाडि बढाउने बताएका छन्, तर पूर्ण राजनीतिक दल बन्ने बारे स्पष्ट योजना सार्वजनिक भएको छैन । केहीले यसलाई आम आदमी पार्टीसँग जोडेर हेरेका छन् किनकि दिप्के आम आदमी पार्टीका पूर्व सोसल मिडिया भोलन्टियर थिए । महुआ मोइत्रा, किर्ती आजाद जस्ता चर्चित नेताहरूले व्यंग्यात्मक रूपमा सदस्यता लिएको घोषणा गरेका छन् ।

यो आन्दोलनले भारतको युवा बेरोजगारीलाई उजागर गरेको छ । केहीले यसलाई सकारात्मक युवा जागरण मान्छन् भने केहीले यो केवल भाइरल ट्रेन्ड र राजनीतिक प्रोपगान्डा मात्र भएको आरोप लगाउँछन् । अहिले यो Gen Z को निराशा र व्यंग्यको शक्तिशाली उदाहरण बनेको छ ।

के यो आन्दोलन दीर्घकालीन राजनीतिक प्रभाव पार्छ वा केही दिनको भाइरल ट्रेन्ड मात्र रहन्छ ? समयले बताउनेछ । तर अहिले “कक्रोच जिन्दाबाद” ले भारतीय सोसल मिडियालाई ढाकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img