Tuesday, May 19, 2026
spot_img

डलरको मूल्य अहिलेसम्मकै महँगो, नेपाली रुपैयाँ हालसम्मै कै कमजोर

spot_img
spot_img

आज मंगलबार नेपाली बजारमा अमेरिकी डलरको मूल्य बढेको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा पुग्दै डलर फेरी हालसम्मकै महँगो बिन्दुमा पुगेको छ।

यो भनेको १ डलर पाउनको लागि १५४ रुपैयाँ ४६ पैसा नेपाली रकम खर्च गर्नु पर्छ । अर्थात् एक डलर साट्नको लागि अब अहिलेसम्मकै धेरै पैसा तिर्नु पर्छ । यसलाई अर्को भाषामा भन्दा डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ।

राष्ट्र बैंकले तोकेको एक अमेरिकी डलरको खरिददर भने १५३ रुपैयाँ ८६ पैसा तोकेको छ । यो राष्ट्र बैंकले खरिद गर्ने मूल्य हो ।

डलरको मूल्य बढ्दा कसलाई के फाईदा ?

डलरको मूल्य महँगो हुँदा कसलाई फाईदा हुन्छ भने कसैलाई घाटा हुन्छ। सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। डलरको मूल्य महँगो हुँदा नेपाल आउने रेमिट्यान्स बढ्छ । डलरमा पठाएको रेमिट्यान्स नेपालमा साट्दा धेरै पैसा आउँछ, डलरको भाउ महँगो हुँदा डलर साट्दा पाइने नेपाली रकम धेरै हुने हो ।

त्यस्तै डलरको मूल्य महँगो हुँदा नेपालमा प्राप्त हुने वस्तु तथा सेवाहरु पहिलेको भन्दा कम डलरमा पाइन्छ । यसले पर्यटनहरुलाई नेपालमा आकर्षण गर्न मद्दत गर्न सक्छ । जसबाट नेपालले फाईदा लिन सक्छ ।

त्यस्तै डलर महँगो हुँदा नेपालले निर्यातबाट धेरै लाभ लिन सक्छ । नेपालले वस्तु तथा सेवा विदेश निर्यात गर्दा डलर प्राप्त गर्ने र सो डलर महंगो हुँदा नेपालले थप आम्दानी गर्न सक्छ । यसले केही हदसम्म भएपनि ब्यापार घाटा घटाउन मद्दत गर्नसक्छ ।

तर नेपालले निर्यात भन्दा  आयात धेरै गर्ने भएकोले डलरको मूल्य महँगो हुँदा आयात महँगो हुन जान्छ । यसले नेपालको वैदेशिक मुद्राको संचितिमा असर पुर्याउन सक्छ । साथै डलरको मूल्य बढ्दा नेपालले डलरमा तिर्नु पर्ने सावाँ र ब्याज महँगो हुन्छ । यसले नेपाललाई थप आर्थिक भार पर्छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

टक्सार पिखुवा खोलाको आईपीओ बाँडफाँड मिति तय

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन...

सानिगाड हाइड्रोले जेठ १४ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चुनाव शुक्रबारः दुइ पदका लागि ८ जना आकांक्षी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको चयन...

ब्रोकर ५८ ले मात्र सुरु गर्यो आफ्टर मार्केट अर्डरको फिचर, अरुमा कहिले ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र कारोबार संचालन (चौथो संशोधन)...
spot_img