Saturday, June 13, 2026
spot_img

राजधानीकै पम्पमा ‘पेट्रोल छैन’को बोर्ड, किन देखियो अभाव ?

spot_img
spot_img

सोमबार दिउँसो काठमाडौँको वालुवाटारमा रहेको श्री जय गोमा गणेश आयल स्टोर बन्द अवस्थामा थियो। स्टोरमा ‘पेट्रोल छैन, धन्यवाद’ लेखिएको बोर्ड झुण्ड्याईएको थियो।

काठमाडौँको व्यस्त स्थानमै रहेको पम्पले पेट्रोल छैन भनेर पम्प बन्द गरेपछि बजारमा कतै पेट्रोलियम पदार्थको अभाव भएको हो कि भन्ने त्रास सर्वसाधारणमा देखिएको छ। कतिपयले मूल्य बढ्न लागेकोले पम्प बन्द गरिएको हुन सक्ने आशंका गरेका छन्।

किनभने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूची अनुसार हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएकोमा गत जेठ १ गते (मे १५ तारिख)मा मूल्य समायोजन गरेन । मूल्य घटबढ नभएपनि निगमले विज्ञप्ति मार्फत मूल्य यथावत राखिएको जानकारी गराउने गरेको थियो।

३ दिन अगाडी मूल्य समायोजनको निर्णय नभएको र अहिले पेट्रोल पम्प बन्द देखिन थालेकोले आम सर्वसाधारणले पेट्रोलियम पदार्थको अभाव रहेको वा मूल्य बढ्न लागेको आशंका गरेका हुन् ।

तर नेपाल आयल निगमले भने ति दुवै विषयको खण्डन गरेको छ। आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम पदार्थको अभाव नरहेको र केही सिमित पम्पमा लगातार दुई दिन विदाको कारण पेट्रोलियम पदार्थ सकिएको हुन सक्ने बताए। उनका अनुसार शनिवार र आइतबार सार्वजनिक विदा हुने भएकोले शुक्रबार नै पम्पहरुले दुई दिनको लागि चाहिने पेट्रोलियम पदार्थ माग गरेर राख्नु पर्ने हुन्छ। खपतको अनुमान गरेर पम्पहरुले पेट्रोलियम पदार्थको माग गर्ने भएकोले शुक्रबार ल्याईएको डिजेल पेट्रोल सकिएको हुन सक्ने उनले उल्लेख गरे।

आज सोमबार थानकोट डिपोबाट सबै पेट्रोल पम्पहरुमा डिजेल पेट्रोल पठाउने कार्य जारी नै रहेकोले कहिकतै डिजेल/पेट्रोलको अभाव नहुने उनले बताए।

त्यस्तै उनले मूल्य समायोजनको विषयमा मूल्य स्थिर नै राखिएको र निगमको कार्यकारी निर्देशकको राजीनामा आएर पद रिक्त भएकोले निगमले मूल्यबारे कुनै विज्ञाप्ति जारी नगरेको बताए। उनका अनुसार अब मार्च १ तारिखमा मात्र मूल्य समायोजन हुने छ।

उनले पेट्रोलियम पदार्थको कुनै अभाव नरहेको र नहुने स्पष्ट पारे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले...

 नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी...

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...
spot_img