spot_img

म्यानपावर कम्पनीका सञ्चालकहरु विदेश जाँदा साट्न पाउने डलरको सीमा बढ्यो

spot_img

राष्ट्र बैंकले म्यानपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरु विदेशमा प्रचार तथा प्रवद्र्धनका लागि जाँदा साट्न पाउने डलरको सीमा बढाएको छ । मौद्रिक नीतिले गरेका व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्दै म्यानपावर कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरु विदेशमा प्रचार तथा प्रवद्र्धनका लागि जाँदा साट्न पाउने डलरको सीमा बढाएको हो ।

यसअघि वार्षिक १ सय जनासम्म कामदार पठाउने म्यानपावर कम्पनीले विदेशमा प्रचार गर्न जाँदा एक आर्थिक वर्षमा एक पटक वा पटक पटक गरि १५ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँदै आएका थिए । अब वार्षिक १ सय जनासम्म कामदार पठाउने म्यानपावर कम्पनीले एक पटक वा पटक पटक गरि २५ हजार अमेरिकी डलरसम्म यस्तो सटही सुविधा पाउनेछन् ।

यस्तै, वार्षिक १ सय जनाभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीले यसअघि वार्षिक एकपटक वा पटक पटक गरि २० हजार डलर सम्मको सटही सुविधा पाउँदै आएकोमा अब यसको सीमा बढाएर एक पटक वा पटक पटक गरि वार्षिक ३० हजार डलर पुर्याइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...