Wednesday, May 13, 2026
spot_img

इप्पान महासचिवमा मिथुन पौडेलको उम्मेदवारी घोषणा, संगठन विस्तार र पुनर्संरचनाको एजेण्डा

spot_img
spot_img

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको आसन्न निर्वाचनमा महासचिव पदमा इन्जिनियर मिथुन पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। इप्पानले आगामी जेठ २९ गते नयाँ नेतृत्व चयन गर्दै छ । हाल कार्यसमिति रहेका पौडेलले महासचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

इन्जिनियरिङ दक्षता, नीतिगत स्पष्टता र संस्थागत नेतृत्वको सुमधुर संयोजनबाट मात्रै ऊर्जा क्षेत्रका समस्या समाधानगर्न सकिने भएको भन्दै आफ्‌नो योग्यता र विगतमा आफूले गरेको योगदान संगै आफूले उर्जा क्षेत्रमा बनाएको पहिचानका आधारमा उमेद्वारी घोषणा गरेको उनले बताएका छन्। सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री नै युवा इन्जिनियर भएको र अधिकांश मन्त्रालयको नेतृत्व पनि युवा इन्जिनियरले लिएको अहिलेको अवस्थामा ऊर्जा उद्यमीको नेतृत्वपनि इन्जिनियरिङ क्षेत्रले गरेको खण्डमा सहकार्यका लागि प्राविधिक विषममा डिल गर्न सहज हुने उनको भनाई छ ।

महासचिवका रुपमा उनको प्राथमिक एजेन्डा मध्ये एक इप्पानको संगठन विस्तार र पुनःसंरचना रहेको उनले बताएका छन्। उनका अनुसार अझै धेरै ऊर्जा उत्पादक कम्पनीहरू इप्पानको सदस्य बन्न सकेका छैनन् । ती कम्पनीहरूलाई आकर्षित गर्न संस्थालाई विषयगत संरचनामा लैजान आवश्यक छ । उनी भन्छन् “नदी बेसिन तथा प्रसारण कोरिडोर अनुसार उपसमिति गठन गरी विपद् व्यवस्थापन, सडक, प्रसारण लाइन, विद्युत् खपत तथा निकासी र परियोजना निर्माणमा सहकार्यको प्रणाली विकास गर्नुपर्छ। ”

विशेषगरी बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा ऊर्जा आयोजनाहरू पहिलो प्रभावित हुने भएकाले इप्पानले ‘पूर्वचेतावनी प्रणाली’ निर्माणमा भूमिका खेल्नसक्ने उनको प्रस्ताव छ । नदी तथा खोलाहरूमा तथ्याङ्क साझेदारीको सञ्जाल बनाउनसके ऊर्जा उत्पादन प्रक्षेपण, खपत प्रक्षेपणमा मात्र नभई विपतजन्य प्रकोप पूर्वसूचना प्रणालीमा समेत ठूलो योगदान पुग्ने उनको भनाई छ।

पौडेलले जलविद्युत् विकासलाई ऊर्जा उत्पादन विविधीकरण र ऊर्जा खपत विस्तार गर्न ऊर्जा उत्पादनमा सिमित रहेको निजी क्षेत्रलाई उर्जा व्यापारका अन्य अवयवमा सहभागी गराई अघि बढाउनुपर्ने धारणा राखेका छन् । उनले ‘रन अफ द रिभर’ (ROR) आयोजनासँगै, PROR, सोलार पावर, जलाशययुक्त तथा भण्डारण (पम्प, हाइड्रोजन), वायोमास ऊर्जा आयोजनालाई पनि प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

ऊर्जा खपतको विविधीकरण आवश्यक रहेको भन्दै उनले यातायात (पोड वे, रोप वे, इभी, केबलकार, हाइड्रोजन कार), घरायसी प्रयोजन तथा  विद्युतीय ऊर्जा–आधारित उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए । यसको कार्यान्वायनका लागि इप्पानबाट नेपाल उद्योग परिसंघ सँग, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निकायसँग रणनैतिक रूपमा सहकार्य गरी नीतिगत समन्वयको आवश्यकता रहेको पौडेलले देखाएका छन् ।

पौडेलले धरानस्थित पूर्वाअञ्चल इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा प्रथम श्रेणीसहित स्नातक उत्तीर्ण गरेर पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पूर्वाधार योजना तथा निर्माण व्यवस्थापन विषयमा विशिष्ट श्रेणीमा स्नातकोत्तर हासिल गरेका छन् ।

२०६६ सालमा गुल्मीस्थित ५ मेगावाट क्षमताको रुरु जलविद्युत् आयोजनामा साइट इन्जिनियरको रूपमा ऊर्जा क्षेत्रमा प्रवेश गरेका पौडेलले भोजपुरमा ६ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजनामा आवासीय इन्जिनियर, ललितपुर स्थित सिप्याड कन्सल्टेन्सीमा डिजाइन इन्जिनियरको भूमिका निर्वाह गरेका थिए।  वि.सं. २०७१ सलमा ९९० किलोवाट क्षमताको सेलाङ खोला जलविद्युत आयोजनाको मेनेजर बनेर जलविद्युत निर्माणमा प्रतक्ष सहभागी भएका पौडेल २०७३ बाट प्रबन्ध निर्देशक र २०७७ सालबाट उक्त आयोजनाको अध्यक्ष भएका थिए । २०८१ बाट उक्त आयोजनाले व्यापारिक विद्युत् उत्पादन सुरु गरिसकेको छ ।

उनले २०७४ सालबाट  जेन्युइन कन्सल्टेन्ट्स प्रा.लि. मार्फत देशभर सञ्चालनमा रहेका दर्जनौँ जलविद्युत् आयोजनाका पहिचान, सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन, निर्माण अनुगमन, Due Diligence, बिल प्रमाणीकरण, वित्तिय व्यवस्थापनमा मध्यस्थता लगायतका कार्यमा नेतृत्व प्रदान गरिरहेका छन्  । हाल उनले  ३.५ मेगावाट क्षमताको देबढुंगा जलविद्युत आयोजना अगाडि बढाईरहेका छन् ।

पौडेलले इप्पानको सदस्यको रुपमा नीतिगत सुधारको वकालत, विपद् व्यवस्थापन समन्वय, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, बैदेशिक लगानी आकर्षणमा उल्लेखनीय योगदान पुर्याएको बताएका  छन् । साथै उनले इप्पानको इनर्जी बुलेटिन प्रकाशन समितिको संयोजकको रूपमा समेत काम गरेका छन् ।

उनी नेपाल हाइड्रोपावरसँग सम्वन्धीत प्राविधिक विकासगर्ने उदेश्यले वि.सं. २०७८ मा स्थापीत गैह्रनाफामुुलक संस्था नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्ष पनि हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आयल निगमका कार्यकारी निर्देशक भट्टले किन दिए राजीनामा ? यस्तो छ कारण

नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भटले राजीनामा दिएका...

इन्धन बचत गर्न मोदीले घटाए आफ्नै कारगेड, भएसम्म ईभी गाडी चढ्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इन्धन बचत र मितव्ययिताको अभियानअन्तर्गत...

बुट मोडलमा ४ वटा हाइड्रो आयोजना बनाउन ७ कम्पनी सर्टलिस्ट, कुन-कुन परे ?

विद्युत विकास विभागले बुट मोडलमा विभिन्न ४ वटा हाइड्रोपावर...

प्रधानमन्त्री खोज्दै विपक्षीद्वारा संसद अवरोध, १५ मिनेटको लागि बैठक स्थगित

विपक्षी दलको अवरोधपछि १५ मिनेटको लागि प्रतिनिधिसभा बैठक स्थगित...

मन्त्रिपरिषद बैठकले गर्यो ४ निर्णय, सरकारी लगानी व्यवस्थापन समितिमा २ सांसद मनोनित

आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ४ वटा निर्णय गरेको...
spot_img