Thursday, March 19, 2026
spot_img

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गरिने

spot_img
spot_img

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न भएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक-निजी साझेदारीमा निर्माण गर्न आगामी आर्थिक वर्ष भित्र लगानीको ढाँचा र पूर्व तयारी कार्य सम्पन्न गरिने बताएका हुन्।
त्यस्तै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य शुरू गरिने बतए। मन्त्री पुनले भरतपुर विमानस्थल विस्तारको कार्य आगामी वर्ष सम्पन्न गरिने बताउदै यसका लागि रु. ३६ करोड विनियोजन गरेका छन्।

बजेटमा सुर्खेत विमानस्थलको स्तरोन्नति गरिने, तथा रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्‍ज विमानस्थलको स्तरोन्नति गरिने विषय समावेश छ। नागरिक उड्डयन पूर्वाधार तर्फ सरकारले रु. ३ अर्ब ७७ करोड विनियोजन गरेको छ।

सञ्‍चालनमा नरहेका बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी लगायतका आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ्ग, प्यारासुट, स्काई डाइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्‍जनात्मक साहसिक पर्यटनको लागि उपयोग गरिने योजना मन्त्री पुनले बजेटमा समावेश गरेका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण

निर्वाचन आयोगले समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेको छ । गत...

नेप्सेमा भुजुङ हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

होर्मुजहुँदै आउछ युरिया: इरान युद्दले मलको पनि हाहाकार हुने सङ्केत, खाद्य संकटको जोखिम

इरानमा जारी युद्धले विश्व तेल बजारलाई मात्र नभई रसायनिक...

सूर्यकुण्ड हाइड्रोको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

ग्लोबल कलेज ग्रुपका दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

शिक्षा क्षेत्रका दुई वटा कम्पनीले आईपीओ निष्काशन गर्ने भएका...

तोलामा ५४ सयले घट्यो सुनको भाउ, चाँदीको भाउमा पनि गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...
spot_img