Thursday, June 25, 2026
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी भूक्तानी

spot_img
spot_img

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले दुर्घटना बीमा बापतको दाबी भूक्तानी गरेको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १४ स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाकी बचत सदस्य साइली तामाङको आफ्नै घरमा लागेको आगो निभाउने क्रममा मृत्यु भएपछि उनको बीमा बापतको रकम कम्पनीले आज हस्तान्तरण गरेको हो ।

कम्पनीको तर्फबाट मन्थली शाखा प्रमुख बिपिन भट्टराईका अनुसार दुर्घटना बीमा बापतको दाबी भूक्तानी रकम (१ लाख रुपैयाँ) को चेक आज मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष मोतिलाल तामाङको समेत रोहबरमा मेयर श्रेष्ठले बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निमा दोर्जे लामामार्फत मृतकका श्रीमान सुरज सिंह तामाङलाई चेक हस्तान्तरण गरेका हुन् ।

गत बैशाख ३ गते आफ्नै घरमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएपछि साइली तामाङलाई काठमाडौँको किर्तीपूरस्थित वर्न अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

बुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्ना ८०५ जना बचत सदस्यको दुर्घटना र औषधी उपचार बीमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा गरेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली शाखाले बिगत ७ वर्षदेखि रामेछाप जिल्ला र आसपासको जिल्लामा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img