सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबारको बैठकले सर्वोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
रोलक्रममा पहिलो नम्बरमा रहेकी कामू प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरी न्यायपरिषद्ले चौथो क्रममा रहेका शर्मालाई सिफारिस गरेको हो ।
शर्मा २०७६ बैशाख ६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । संसदीय समितिले अनुमोदन गरे पश्चात उनी ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।













