Thursday, June 25, 2026
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

spot_img
spot_img

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गरेका छन् । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको भन्दै अभियानकर्मीले सो कम्प्लेक्स भत्काउन माग गरेका हुन् ।

अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे । त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए । ‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन् ।

यो कम्प्लेक्स छायाँदेवी कम्प्लेक्स लिमिटेडले संचालन गरिरहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्नको लागि २०८१ भदौमा नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले प्रिमियम सहित प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशनको अनुमति माग गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img