मातृभूमि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बखत बहादुर बटाला नियुक्त भएका छन् । कम्पनीको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले वैशाख २४ गतेदेखि लागु हुने गरि बटालालाई सीइओ नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको रहने छ। यस अघि उनी कम्पनीकै निमित्त सीइओ थिए ।













