राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले सो अध्यादेश जारी गरेका हुन् ।
यो अध्यादेश जारी भएसंगै शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति सुद्धीकरण मुद्दा चल्न सक्ने भएको छ । अध्यादेशमा ‘तस्करी (भन्सार, अन्तः शुल्क तथा करसहित) सम्बन्धी, कर (प्रत्यक्ष वा अप्रत्यक्ष समेत) सम्बन्धी, धितोपत्र वा कमोडिटिज बजारलाई प्रतिकूल प्रभाव पार्ने (मार्केट म्यानिपुलेसन) वा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) सम्बन्धी, मुद्रा, बैङ्किङ, वित्तीय, विदेशी विनिमय, विनिमेय अधिकारपत्र र बिमा सम्बन्धी सम्बद्ध कसूर’ सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्न सक्ने भनिएको छ।
अर्थात् शेयरबजारमा कसैले Market Manipulation वा Insider Trading गरेको , गरिरहेको वा गर्न लागेकोलाई अब सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धान गर्न सक्ने छ । यस्तो जानकारी कसैले पाएमा अब सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागमा जानकारी दिनु पर्ने छ। यस्तो सूचना मौखिक रुपमा दिन सकिने र विभागले नै त्यसलाई लिखित रुप दिनेछ।













