Tuesday, August 25, 2026
spot_img
spot_img

किष्ट हस्पिटलमा किर्तीमानी १५औँ पटक कलेजो प्रत्यारोपण

spot_img

किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता हासिल गर्दै १५औं कलेजो ट्रान्सप्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । यस उपलब्धिसँगै अस्पतालले नेपालमै अंग प्रत्यारोपण सेवामा उच्चतम सफलता दर कायम गर्न सफल भएको छ ।

किष्ट टिचिङ हस्पिटलले सन् २००६ देखि निरन्तर रुपमा बहुविशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालले अंग प्रत्यारोपण क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै कलेजो मात्र नभई मिर्गौला ट्रान्सप्लान्ट सेवा समेत सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । हालसम्म १९८ वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक भइसकेका छन् ।

यस पटकको प्रत्यारोपण विशेष भावनात्मक रूपमा महत्वपूर्ण रह्यो, जहाँ छोरीले आफ्नो बुबालाई कलेजो दान गर्दै जीवनदान दिने अनुपम उदाहरण प्रस्तुत गरिन् । यो घटना केवल चिकित्सा सफलता मात्र नभई मानवता, माया र पारिवारिक बन्धनको गहिरो प्रतीक बनेको छ।

किष्ट ग्यास्ट्रो सेन्टर अत्याधुनिक उपकरण, अनुभवी सर्जनहरू तथा समर्पित मेडिकल टिमको साथमा अंग प्रत्यारोपण क्षेत्रमा निरन्तर उत्कृष्टता हासिल गर्दै आएको छ। अस्पतालले जटिल शल्यक्रियाहरूलाई सफलतापूर्वक सम्पन्न गर्दै बिरामीहरूको जीवनमा नयाँ आशा जगाउँदै आएको छ ।

अस्पताल प्रशासनका अनुसार निरन्तर सुधार, प्रविधिको प्रयोग र अनुभवी विशेषज्ञहरूको टिमवर्कका कारण किष्ट टिचिङ हस्पिटलले नेपालमै अंग प्रत्यारोपण सेवामा एक अग्रणी संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ ।

यो उपलब्धि सम्पूर्ण मेडिकल टिम, बिरामी तथा दाताहरूको विश्वास र समर्पणको परिणाम हो, जसले भविष्यमा अझ धेरै जीवन बचाउने प्रेरणा दिएको हस्पिटलको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...