spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड हुँदै, ४६ सय ७२ जनाले मात्र शेयर पाउने

spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओ आज साउन १६ गते बुधबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज बुधबार बिहान ८ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो।

क्यापिटलले आइतबार एफपीओको प्रि अलोटमेन्ट सम्पन्न गरेर शेयर बाँडफाँडको स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो।

कम्पनीको एफपीओमा माग गरिएको भन्दा ५१० गुणा बढीको आवेदन परेको छ। कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो। कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट ४ हजार ६ सय ७२ जनाले मात्र कम्पनीको एफपीओ पाउने छन् ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

एफपीओ प्राप्त गर्ने लगानीकर्ताले पनि सूर्योदय वोमी लघुवित्तको लाभांश पाउने छन् । कम्पनीको साउन १० गते बसेको संचालक समितिको बैठकले एफपीओ प्राप्त गर्ने लगानीकर्तालाई पनि आर्थिक वर्ष २०७९/८० को लाभांश दिने निर्णय गरेको हो ।

यस सँगै कम्पनीले यस अघि घोषणा गरेको लाभांश दर केही घटेको छ । कम्पनीले यस अघि १४.०७७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेकोमा अब भने एफपीओ शेयरलाई पनि समावेश गरेर लाभांश दिने भएपछि बोनस दर १४.००५१४३ प्रतिशत कायम भएको छ। कम्पनीको एफपीओ बाँडफांड भने हुन बाँकी छ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न साउन ३२ गते शुक्रबार ललितपुरको लुभु स्थित लुभु पार्टी प्यालेसमा साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। साउन २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...