Tuesday, April 28, 2026
spot_img
spot_img

फरक तरिकाबाट नियुक्त हुँदै धितोपत्र बोर्ड अध्यक्ष, ७ दिन भित्र CV बुझाउन आग्रह

spot_img
spot_img

यस पटक फरक तरिकाबाट नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने भएको छ । बोर्डको नाम सिफारिस गर्न गठित सिफारिस समितिले आज वैशाख १५ गते सार्वजनिक सूचना जारी गरेको छ।

समितिले नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पद पूर्तिको लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ७ दिन भित्र अर्थात् वैशाख २१ भित्र योग्य तथा इच्छुकहरुलाई व्यक्तिगत विवरण पेश गर्न भनेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौंमा अवस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न भनिएको छ।

यस अघि बोर्डको अध्यक्ष नियुक्तिको लागि आवेदन दिँदा व्यवसायिक कार्ययोजना पनि पेश गर्नु पर्थ्यो भने सर्टलिस्टमा परेकाहरुले त्यसको प्रस्तुतिकरण समेत गर्नु पर्ने व्यवस्था हुने गरेको थियो । यस पटक भने सिफारिस समितिले व्यक्तिगत विवरण (CV) र स्वघोषणा फारम मात्र बुझाउन भनेको छ ।

यस संगै सिफारिस समितिले प्राप्त आवेदनको आधारमा उम्मेदवारहरुमध्ये ३ जनालाई सिधै अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्ने संकेत गरेको छ ।

सन्तोष नारायण श्रेष्ठले अध्यक्ष पदबाट राजीनामा दिएपछि नयाँ नियुक्ति हुन लागेको हो । नयाँ नियुक्त हुने अध्यक्षले श्रेष्ठको बाँकी कार्यकालको अवधिको लागि मात्र काम गर्न पाउने छ ।

के छन् तोकिएको योग्यता?

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओपेक+ र ओपेकबाट बाहिरिने युएईको घोषणा, तेल मूल्यमा कस्तो असर पर्छ ?

संयुक्त अरब इमिरेट्स (युएई) ले मे १, २०२६ देखि...

सेबोनलाई PM अफिसको निर्देशन ‘नयाँ अध्यक्ष नआउँदासम्म कुनैपनि IPO स्वीकृत नगर्नु’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल धितोपत्र बोर्डलाई नयाँ अध्यक्ष...

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकालले पाएका...

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ  पक्राउ परेका छन्...

धमाधम बजेट लेख्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको टिम, हालसम्म कति लेखियो ?

अर्थ मन्त्रालयमा अहिले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट...

पहुँचका भरमा सरकारी गाडी लिनेको गाडी धमाधम खोसिँदै, हालसम्म ६२२ वटा फिर्ता

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रचलित कानुनविपरीत पहुँचका भरमा सरकारी...
spot_img