आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ९० रुपैयाँ तोकिएको छ।
आज चाँदीको भाउ पनि तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३ सय ४ रुपैयाँ तोकिएको छ ।













