Monday, April 20, 2026
spot_img
spot_img

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, ६८ हजार ४ सय ७५ जनाले पाए शेयर

spot_img
spot_img

कालिन्चोक हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज वैशाख ७ गते सोमबार बिहान  शेयर बाँडफाँड गरेको हो।

कम्पनीले चैत्र २२ गतेदेखि चैत्र २५ गतेसम्म सर्वसाधारणलाई ६ लाख ८४ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । बिक्री प्रबन्धक आरविवि मर्चेन्टका अनुसार कम्पनीको आईपीओमा कुल २७ लाख ८४ हजार ५ सय १९ जनाको आवेदन परेको थियो । ति मध्ये २६ लाख ३५ हजार ६ सय ३४ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा ६८ हजार ४ सय ७५ जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८५ प्रतिशत कार्य सम्पन्न भएको छ ।

यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नर्भिक हस्पिटलको आईपीओ: प्रति कित्ता मूल्य ९९० हुने अनुमान, अर्को वर्ष ५० प्रतिशत लाभांश

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिंग...

सुनचाँदीको भाउ घट्यो

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला...

एनआईसी एशिया लघुवित्तले लाभांश नदिने

एनआईसी एशिया लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्ने

सिद्धार्थ क्यापिटलले वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी कोष...

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...

आज घरेलु मैदानमै फ्लडलाइटमा युएईसँग ऐतिहासिक टि २० क्रिकेट खेल्दै नेपाल

नेपालले आज आफ्नो घरेलु मैदानमा पहिलो पटक फ्लडलाइट मुनि...
spot_img