Wednesday, August 26, 2026
spot_img
spot_img

माघदेखि बीमा गर्न र दाबी भुक्तानी लिन राष्ट्रिय परिचयपत्र अनिवार्य, प्राधिकरणले गर्‍यो परिपत्र

spot_img

आगामी माघ १ गतेदेखि बीमा सम्बन्धि कारोबारमा राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य भएको छ। नेपाल बीमा प्राधिकरणको असार १३ गतेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारबाट २०८१ असार १० मा नेपाल राजपत्र भाग ५ मा प्रकाशन भएको गृह मन्त्रालयको सूचनाको बुदाँ नम्बर (ख) मा बैकिङ तथा वित्तीय सेवा प्रवाहमा मिति २०८१/१०/०१ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने उल्लेख छ।  सोहि व्यवस्था अनुसार आगामी माघ १ गतेदेखि बीमा सम्बन्धि कारोबारमा राष्ट्रिय परिचय पत्रको विवरण अनिवार्य हुने भएको हो।

प्राधिकरणले २०८१/१०/०१ देखि लागु हुने गरी नेपाली नागरिकको हकमा जारी हुने नयाँ बीमालेख, बीमालेखको नविकरण; बीमालेख ऋण, बीमालेख समर्पण, बीमा दाबी भुक्तानी लगायतका सबै किसिमका बीमा कारोबार र बीमा मध्यस्तकर्ताको दर्ता/नविकरणका साथै सेवा सुविधा भुक्तानीमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्नको लागि सम्पूर्ण बीमा कम्पनीलाई परिपत्र जारी गरिसकेको छ।

यसको कार्यान्वयनका लागि बीमा कम्पनीले आवश्यक प्रचार-प्रसार, आन्तरिक कार्यविधि निर्माण; सम्बन्धित फाराम संशोधन लगायतका कार्यहरू तत्काल गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। नेपाली नागरिकताको प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्रको प्रमाणपत्र स्वीकार गर्ने पनि प्राधिकरणको परिपत्रमा उल्लेख छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...