Thursday, June 25, 2026
spot_img

शेयरबजारमा करेक्सन: १९ अर्ब ६० करोडको किनबेच, शिवम सिमेन्टको कारोबार उच्च

spot_img
spot_img

आज सोमबार शेयर बजारमा करेक्सन आएको छ। आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको हो । आज नेप्से सूचक २०.४६ अंकले घटेर २६६१.०९ को बिन्दुमा पुगेको छ।

आज कारोबारमा आएका ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँ २९ पैसाको कारोबार भएको छ। जस मध्ये शिवम सिमेन्टको सर्वाधिक ६१ करोड १२ लाख तथा कुमारी बैंकको ५५ करोड २२ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ९.७७ प्रतिशत बढेको छ भने मन्दाकिनी हाइड्रोको शेयर मूल्य ८.५८ प्रतिशत बढेको छ। त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ८.१६ प्रतिशत तथा जानकी फाइनान्सको शेयर मूल्य ६.८० प्रतिशत बढेको छ।

आज कारोबारमा आएका मध्ये आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.३५ प्रतिशत तथा बोटलर्स नेपाल बालाजुको शेयर मूल्य ७.९९ प्रतिशत घटेको छ।

आज कारोबारमा आएका समूहगत सूचक मध्ये फाइनान्स र हाइड्रो बाहेकका सबै समूहगत सूचक घटेका छन् । आज फाइनान्स समूह १.८८ प्रतिशत तथा हाइड्रो समूह ०.८१ प्रतिशत बढेको छ ।

आज ट्रेडिङ समूह सर्वाधिक ४.५४ प्रतिशत तथा लघुवित्त समूह ३.७१ प्रतिशत घटेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img