आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५६ हजार ४३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ५ हजार २५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ३०८ रुपैयाँ तोकिएको छ ।













