याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र ८ गतेदेखि आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयको लागि शेयर निष्काशन गरेको हो।
कम्पनीले स्थानीयलाई ७ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर १ देखि ७ सम्मका स्थानीयले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।













